खोटाङ । रावाबेँसी गाउँपालिका–१ कुभिण्डेका दुई विद्यालयका विद्यार्थीलाई जाडो छल्न न्यानो ज्याकेट वितरण गरिएको छ । दम्कुस्थित कालिका आधारभूत विद्यालय र हाँचेकास्थित रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीलाई जाडो छल्न न्यानो ज्याकेट वितरण गरिएको हो । एमाले पोलिटब्यूरो सदस्य एवम् संविधासभा सदस्य विशाल भट्टराईको पहल तथा सोच नेपाल गैरसरकारी संस्थाको सहयोगमा कालिका आधारभूत विद्यालयमा कक्षा ५, ६…