बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ‘लागुऔषध दुर्व्यसनविरुद्ध सचेतनामूलक’ भिडियो सार्वजनिक गरेको छ। सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा तयार पारिएको सचेतनामूलक भिडियो मंगलबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सार्वजनिक गर्नुभएक हो।
लिम्बू, बान्तवा, मैथिली र थारू गरी चारवटा भाषामा निर्माण भएको सचेतनामूलक भिडियो स्थानीय भाषाको माध्यमबाट सचेता जगाउन सकिने र लागुऔषधलाई नियन्त्रण गर्न सकिने उद्देश्यले भिडियो निर्माण गरिएको प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले जानकारी बताउनुभयो ।
लागुऔषध सेवन गर्दा सन्तानमा हुने परिवर्तन, लागुऔषधको लतले घरमा राखिएको पैसा, गहना समेत चोर्न बाध्य बनाइएको दृश्य देखाइएको छ। एउटा सन्तानको परिवर्तनशील जीवनशैली आमाले महसुस गर्न सक्छिन् भन्ने पनि भिडियोको भाव छ।
पछिल्लो समय बढ्दै गएको लागुऔषध विरुद्ध यो भिडियो कोसेढुंगा सावित हुने त छ दै छ यसको नियन्त्रण सबैको जिम्मेवारी भएको मुख्यमन्त्री कार्कीले बताउनुभयो । आफू आन्तरिक मामिला तथा कानुनमन्त्री हुँदा लागुऔषध नियन्त्रणका विषयमा थुप्रै काम गरे पनि खासै प्रभाव परेन । मुख्यमन्त्री कार्कीले भन्नुभयो, “नियन्त्रणको विषयमा सबै हातेमालो गरेर लाग्नु पर्छ । सार्वजनिक भिडियो प्रभावकारी रहेको छ यसलाई सबैको घरघरमा पुर्याउन जरुरी रहेको छ।
आमा‚ शिक्षक, अभियन्ता सबै भएकाले पनि आमाहरूलाई सचेत बनाउन जरुरी रहेको बताउँदै उनले यो सामग्रीले प्रभावकारी भूमिका खेल्ने बताए। आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले समाजसँग जोडिएर सभ्य समाजको निर्माण गर्न सबैको जिम्मेवारी रहेको बताए।
समाजिक विकासमन्त्री पाँचकर्ण राई (पीके) ले समाजिक विकास मन्त्रालयले गर्नुपर्ने काम नेपाल प्रहरीले गरेको भन्दै धन्यवाद दिए। यो भिडियो विद्यालय तहसम्म पनि पुग्नुपर्नेमा जोड दिँदै उनले अन्य भाषालाई पनि प्राथमिकतामा राख्न जरुरी रहेको बताए।
यस्तै, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले कोशी प्रदेश बहुभाषिक, बहुधार्मिक भएकाले पनि प्रभावकारी हुन्छ भनेर यो भिडियो निर्माण गरिएको जानकारीदिनुभयो ।