खोटाङ । श्रम संस्कृति पार्टीका महासचिव आरेन राई खाेटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएकाे छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार देवबिक्रम राईलाई तीन हजार ८९८ मतान्तरले पछाडि पार्दै केपिलासगढी गाउँपालिका-१ फेदीस्थित सुङ्देका आरेन निर्वाचित हुनुभएकाे हाे । आरेनले १६ हजार ६१२ मत पाउँदा देवबिक्रमले १२ हजार ७१४ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ…