खोटाङ । कोशी प्रदेश सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पीके’ ले नेपाल पत्रकार महासङ्घ शाखा खोटाङको भवन निर्माणका लागि बजेटको पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सोमबार मन्त्री राईले पत्रकार महासङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन दिक्तेलबजारस्थित एल्लो हाउसमा आयोजना गर्नुभएको कार्यक्रममा बजेटको पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
यसै वर्षमा नै पत्रकार महासंघको एक तले भवन बन्ने गरी राख्न सकियो भने पुनःक्रमागत योजनामा राख्न सकिने सामाजिक विकासमन्त्री राईले जानकारीदिनुभयो । सहरी विकासका डिइलाई म प्रस्ताव गर्छु । मन्त्री राईले भन्नुभयो, “ डिपिआर बनाउने अहिले फेसनकारुपमा छ तै पनि सरकारका भौतिक पूर्वाधार विकास मन्त्री तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईलाई भनौला । हामी खोटाङका दुई मन्त्री सल्लाह गरेर पत्रकार महासंघ खोटाङको भवन बनाउन लागि पर्ने छौं ।”
मन्त्री राईले नवनिर्वाचित पदाधीकाहरूलाई बधाई तथा शुभकामना दिदैं तपाईहरुको कलम अझ तिखारिएर चलीरहोस आवाज विहीनहरुको आवाज वुलम्द होस निर्वाचित सबैलाई हृद्धयदेखी नमन गर्न चाहान्छु । सामाजिक विकासमन्त्री राईले भन्नुभयो, “समाजमा भएका घटित घटानाहरुलाई उजागर गर्दै समाजलाई विकसित समाज बनाउन पत्रकारहरुको हातमा रहेकोे छ ।”
पत्रकार महासङ्घको भवन निर्माणका लागि आवश्यक पर्ने जग्गा आफ्नै छ । यो आर्थिक वर्ष महासङ्घको भवन निर्माणका लागि प्रदेशबाट २० लाख बजेट पनि विनियोजन भएको छ । प्रदेश सरकारबाट विनियोजित बजेटले भवन निर्माण सम्पन्न हुने सम्भावना नरहेकाले आवश्यक बजेटको व्यवस्था गरिदिन मन्त्रीहरूलाई ध्यानाकर्षण गराएको पत्रकार महासंघ खोटाङका अध्यक्ष हरिबोल आचार्यले बताउनुभयो। पत्रकार महासङ्घ खोटाङ शाखाको भवन निर्माणका लागि कृषिविज्ञ मदन राईले दिक्तेलस्थित रत्नपार्क नजिकै आठ आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ ।
साकेला गाउँपालिका–२ रतन्छा निवासी कृषिविज्ञ राईले वि.संंं. २०६३ सालमा निःशुल्क उपलब्ध गराउनुभएको जग्गामा यसअघि ढुङ्गा÷माटोको कच्ची भवन निर्माण गरिए पनि उपयोगविहीन भएको थियो । लामो समय उपयोगविहीन बनेको पत्रकार महासङ्घको भवन भत्काएर पक्की भवन निर्माणको काम शुरु गरिएको पत्रकार महासङ्घ खोटाङ शाखाका निवर्तमान अध्यक्ष दिलीप खत्रीले बताउनुभएको छ । निवर्तमान अध्यक्ष खत्रीका अनुसार पत्रकार महासङ्घको पक्की भवन निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर घडेरी सम्याउने काम सम्पन्न गरिएको छ । वि.सं. २०६१ सालमा स्थापना भएको पत्रकार महासङ्घ खोटाङ शाखाको कार्यालय अहिले भाडाको घरमा सञ्चालन भइरहेको छ । पत्रकार महासङ्घको भवन निर्माणका लागि आवश्यक पर्ने जग्गा आफ्नै नाममा भएपनि बजेट अभावका कारण पक्की भवन निर्माण गर्न नसकिएको हो ।
बधाई तथा शुभकामना कार्यक्रममा एमाले जिल्ला कमिटी खोटाङका उपाध्यक्ष कुमार आचार्य, एमाले कोशी प्रदेश लेखा आयोगका सचिव ओमप्रकास घिमिरे, एमाले नगर कमिटि अध्यक्ष गोपालचन्द्र आचार्य ,दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नबराज राई, पत्रकार महासंघका निर्वतमान अध्यक्ष डम्बर सिंह राई, दमन राई र दिलिप खत्री लगायतकोे उपस्थिति रहेको थियो ।