२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशी प्रदेश : सामाजिक विकासमन्त्रालयले मनायो अन्तर्राष्ट्रिय आप्रवासी दिवस



बिराटनगर, ३ पुष । आज डिसेम्बर १८ अर्थात् अन्तर्राष्ट्रिय आप्रवासी दिवस । कोशी प्रदेश सामाजिक विकासमन्त्रालयले अन्तर्राष्ट्रिय आप्रवासन दिवस ‘२०२४’ मनाएको छ । “सुरक्षित आप्रवासनको आधार, सूचना सीप सहितको रोजगार” भन्ने मुल नारासहित कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पीके’ को प्रमुख आतिथ्यतामा प्रभातफेरी कार्यक्रम गरी अन्तर्राष्ट्रिय आप्रवासन दिवस ‘२०२४’ मनाइएको हो ।

अन्तर्राष्ट्रिय आप्रवासी दिवस कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै समाजिक विकासमन्त्री राईले वर्तमान समयमा आप्रवासन समाजको अभिन्न आयाम बन्न पुगेको बताउनुभएको छ । रोजगारीलाई सुरक्षित बनाउनका लागि सरकारले विभिन्न प्रयासहरु गरिरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “सुरक्षित एवम् मर्यादित वैदेशिक रोजगारीका लागि सरोकारवालामा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले मन्त्रालयले पनि यो दिवस भव्यताका साथ मनाएको हो ।”

नेपाल सरकारले आफ्नो तर्फबाट निरन्तर काम गरिरहेको सर्वविदितै छ । वैदेशिक रोजगारीलाई सु–सभ्य बनाउन व्यवसायी र अन्य निकालये पनि दायित्व एव्म अधिनमा रहेर काम गर्नु पर्नेमा जोड दिनुभयो । युवाहरुले विदेशमा सिकेर आएको सीप स्वदेशमै रोजगारीमुलक काम र आयआर्जनमा उद्यमी बन्नका लागि कोशी प्रदेश सामाजिक विकासमन्त्राबाट सहकार्य गरी सहयोग गरिने मन्त्री राईले प्रतिवद्धतासमेत जनाउनुभएको छ ।

गरिबी, युद्ध, आन्तरिक द्वन्द्व तथा असुरक्षा, जलवायु परिवर्तनको असर, काम तथा रोजगारीको खोजी, विश्वव्यापीकरण एवम् सूचना तथा सञ्चार प्रविधिको तीव्र विकासलाई लिने गरिएको छ । होटल श्रीकृष्ण बिराटनगरमा आप्रवासी दिवसका अवसरमा सचेतनामुलक अन्तरक्रिया कार्यक्रम पनि गरिएको मन्त्रालयले जानकारी दिइएको छ ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार ००:००  ४ : ३० बजे