खोटाङ । रसुवाघाट–पाँचधारे सडकखण्डको रसुवाघाटदेखि सिम्पानीसम्मको १५ किलोमिटर सडकमा कालोपत्रको काम शुरु गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको रु ४६ करोड ७५ लाख ९८ हजार ६५७ मा उक्त सडक कालोपत्रको काम शुरु गरिएको हो । खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चेस्थित रसुवाघाटबाट सिम्पानी–रोक्सिङभञ्ज्याङ हुँदै भोजपुरको पाँचधारे जोड्ने सडकमा शुरु गरिएको कालोपत्रको काम कोशी प्रदेश…