खोटाङ । रसुवाघाट–पाँचधारे सडकखण्डको रसुवाघाटदेखि सिम्पानीसम्मको १५ किलोमिटर सडकमा कालोपत्रको काम शुरु गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको रु ४६ करोड ७५ लाख ९८ हजार ६५७ मा उक्त सडक कालोपत्रको काम शुरु गरिएको हो ।
खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चेस्थित रसुवाघाटबाट सिम्पानी–रोक्सिङभञ्ज्याङ हुँदै भोजपुरको पाँचधारे जोड्ने सडकमा शुरु गरिएको कालोपत्रको काम कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईले शिलान्यास गर्नुभएको छ । आफू मन्त्री भएको १०० दिन पुगेको अवसर पारेर मन्त्री राईले शनिबार गृह जिल्ला खोटाङ आएर उक्त सडक कालोपत्रको औपचारिक रुपमा शिलान्यास गर्नुभएको हो ।