खोटाङ । कोशी प्रदेश सरकारले पक्की पुलको छेउछाउ निर्माण भएका झोलुंगे पुल सार्ने तयारी गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले पक्की पुल आसपासमा रहेका प्रयोगविहीन झोलुङ्गे पुल सार्ने निर्णय गरेको हो । पहाडी क्षेत्रमा पक्की पुल आसपासका झोलुंगे पुल प्रयोगविहीन अवस्थामा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । प्रयोगविहीन अवस्थामा रहेका झोलुंगे पुललाई…