१४ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साकेला : वडाध्यक्ष विरुद्ध कानूनी प्रक्रिया अघि बढाउने सहमतिमा खुल्यो ताला



खोटाङ । वडाध्यक्ष विरुद्ध कानूनी प्रक्रिया अघि बढाउने सहमतिमा खोटाङको साकेला गाउँपालिका–४ मात्तिम वडा कार्यालयमा लगाईएको ताला खुलाईएको छ।

शुक्रबार गाउँपालिकामा गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत सर्मिला राई र सर्वदलीय, सर्वपक्षीय भेलाका संयोजक पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईसहित पाँच राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिबीच शर्त र सम्झौता भएपछि ताला खोलिएको हो।

२०८० माघ १७ गतेदेखि वडामा अनुपस्थित हुँदै अमेरिका छिरेका वडाध्यक्ष अर्जुनकुमार कट्वाल नौ महिना बित्दा पनि वडामा नफर्केपछि गत बुधबार पूर्ववडाध्यक्ष भट्टराईको संयोजकत्वमा वडामा बसेको सर्वदलीय, सर्वपक्षीय भेलाले समस्या समाधान नभएसम्मलाई वडा कार्यालयमा ताला लगाएको थियो।

जनताको मतलाई लत्याएर अमेरिका छिरेका वडाध्यक्ष कट्वाल विरुद्ध थप कानूनी प्रक्रिया अघि बढाउन र सम्बन्धित निकायमा पहल गर्न गाउँपालिकाले सहमति जनाएपछि आजैबाट ताला खोलिएको पूर्ववडाध्यक्ष भट्टराईले बताए।
छलफलमा आन्दोलनरत पक्षबाट पूर्ववडाध्यक्षका अलवा एमाले नेता गोपी खड्का, नेपाली कांग्रेसका नेता बुद्धिबोल राई, एमाले नेता टेक बहादुर कटवाल, माओवदी केन्द्रका नेता युवराज दुलाल, जसपा नेपालका नेता शिवप्रसाद फुयल, एकिकृत समाजवादीका नेता प्रेम कुमार श्रेष्ठ, युवा नेताद्धय जीवन श्रेष्ठ र यमकुमार खड्का सहभागी थिए।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष नहुँदा वडामा जनतालाई दिईने सम्पूर्ण सेवा सुविधादेखि विकास निर्माण लगायत सम्पूर्ण कार्यमा अवरोध पुगिरहेको छ। वडाध्यक्ष कट्वालले ज्येष्ठ वडा सदस्य भीमबहादुर खड्कालाई अवधि नतोकी २०८० माघ १९ गते कार्यबाहक वडाध्यक्षको जिम्मेवारी दिएर अमेरिका गएका थिए। नागरिकता लिन प्रशासन पुगेका सेवाग्राहीलाई प्रशासनले अवधि नतोकिएको कार्यवाहक वडाध्यक्षले दिएको सिफारिस मान्य नहुने भन्दै फर्काइदिएको थियो। त्यसपछि वडाध्यक्ष कट्वालले वडा सदस्य खड्कालाई अवधि तोकेर पुनः बैशाख २६ गतेदेखि साउन ३० गतेसम्मको कार्यवाहक वडाध्यक्षको जिम्मेवारी दिएका थिए।

सो अवधि सकिएपछि खड्कालाई दुई पटक दिइएको कार्यवहाकको समय पनि सकेर पुनः २०८१ भदौ २३ गतेको कार्यपालिका बैठकले सोही दिनदेखि लागू हुनेगरी उनै ज्येष्ठ सदस्य खड्कालाई थप एक महिनाको कार्यबहाकको जिम्मेवारी दिएको छ।  वडाध्यक्ष कट्वाल २०७९ सालमा पनि अढाई महिना अमेरिका बसेका थिए। त्यसबेला चार वडा सदस्यलाई १५/१५ दिनको कार्यबाहकको जिम्मेवारी दिएका थिए।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार ००:००  ५ : ५१ बजे