कोशी प्रदेशस्थित शैलजा आचार्य हृदय रोग केन्द्र विराटनगरमा मुटु रोगको उपचार हुने गरी प्रक्रिया सुरु भएको छ।
बिहीबार स्वास्थ्य मन्त्रालयको जिम्मेवारी संम्हालेका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसवारी काठमाडौं र शैलजा आचार्य हृदय रोग केन्द्र बिराटनगरबीच सम्झौता गरेर मुटुरोग सम्बन्धी सम्पुर्ण उपचार हुनेगरी मन्त्रीस्तरीय निर्णय गरेर प्रक्रिया सुरु गरेका हुन्।भौतिक पुर्वाधार विकास मन्त्रालयको जिम्मेवारी संम्हालेको ४२ औं दिनमा मुख्यमन्त्री हिक्मतकुमार कार्की मातहतको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी राईको भागमा परेपछि उनले यस्तो निर्णय गरेका हुन्।
मन्त्री राईले झोलुङगे पुल भएको स्थानमा सडक विस्तारसँगै पक्की पुल बनेपछि ती स्थानका झोलुङगे पुललाई स्थानीय तहको माग र समन्वयमा उचित स्थानमा सार्ने मन्त्रीस्तरीय निर्णय पनि गरेका छन्।
बर्षौदेखी अलपत्र परेका रुग्न र ठेक्का सम्झौता नाघेको, नागरिकहरुले उपभोग गर्न नपाएका योजनाहरुको बारेमा अबदेखी योजनास्थलमै सबै पक्ष उपस्थित भई नागरिकको माझमा छलफल र निर्णय गर्ने मन्त्रीस्तरिय निर्णय भएको मन्त्री राईले बताएका छन्।