१४ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

च्यास्मिटारका बबरसिंहको घर आगलागीबाट जलेर पूर्णरुपमा नष्ट



खोटाङ । खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका बबरसिंह राईको घर आगलागीबाट जलेर पूर्णरुपमा नष्ट भएको छ । च्यास्मिटार दाल्फुका राईको घरमा शुक्रबार बिहान करिब साँढे ६ बजे आगलागी भएको स्थानीयले बताएका छन् । राईको घरमा आगलागी भएको थाहा पाएपछि च्यास्मिटार प्रहरी चौकीका प्रहरी र स्थानीयहरु भेला भएर आगो निभाउने प्रयास गरेपनि घर पूर्णरुपमा जलेको हो ।


पशुचौपाय र मानवीय क्षति भएको छैन् । घर भित्रका सबै सामान भने जलेर नष्ट भएको स्थानीय केशिराज राईले बताउनुभयो। फुसको छानो भएको घरसँगै घर भित्र भएको अन्नपात, लत्ताकपडा, भाँडाकुडा सबै जलेर नष्टहुँदा करिब ५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी (प्रहरी निरीक्षक) मोहन पोखरेलले बताए।

नजिकै रहेको बुहारी कल्पना राईको घरमा खाना खाएर उक्त घरमा बृद्ध बबरसिंह राई बस्ने गर्नुभएको थियो।बिहान एक्कासी घरमा आगलागी भएको बुहारी कल्पनाले देखेपछि स्थानीय र प्रहरीलाई खवर गरिएको थियो। आगलागी के कारणले भयो भनेर खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार ००:००  ५ : ५४ बजे