खोटाङ । साकेला गाउँपालिका–४ मात्तिम वडा कार्यालयमा लगाईएको ताला खुलाउन बसेको वार्ता टोली विना निस्कर्ष उठेको छ। बिहीबार गाउँपालिकामा गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, निमित्त प्रमुख प्रशासकीय अधिकृत सर्मिला राई र सर्वदलीय, सर्वपक्षीय भेलाका संयोजक पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईसहित पाँच राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिबीच भएको तीन घण्टा लामो वार्ता विना निष्कर्ष उठेको हो। वडाध्यक्ष अर्जुनकुमार कट्वाल अमेरिकाबाट…