६ माघ २०८१, आइतबार | Sun Jan 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उदयपुरमा कहालीलाग्दो घटना : तामाङ पक्राउ



उदयपुर । मंगलबार साझ आफ्नै श्रीमतीको टाउको काटेर हातमा बोकेर हिड्ने उदयपुरको त्रियुगा नगरपालिका ६ जलजलेमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको ताप्ली गाउँपालिका ४ लखनडाँडा घरभई त्रियुगा नगरपालिका वडा नम्बर ६ जलजले बजारमा डेरा गरि बस्ने जङ्गबहादुर तामाङ रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।


हालसम्म श्रीमतीको हत्या गर्नुपर्ने कारण खुल्न नसकेको प्रहरी बताउँछन् । तर, स्थानीयहरुको अनुसार उनिहरुको केही समयअघि सम्बन्ध विच्छेद भएको थियो । हाल जङ्गबहादुरलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।
साभार – उपहार न्यूज


प्रहरीले जनाएअनुसार मंगलबार साँझ उनले आफ्नो श्रीमती प्रमिला तामाङको हत्या गरेको थियो । जङ्गबहादुरले श्रीमती प्रमिलाको टाउको बोकेर बजार परिक्रमा गरि प्रहरीमा गएको बुझिएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलबार ००:००  ९ : २७ बजे