८ माघ २०८२, बुधबार | Wed Jan 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केपिलासगढी : कृषि संकलन केन्द्र स्थापना



खोटाङ । केपिलासगढी गाउँपालिकाले कृषि संकलन केन्द्र स्थापना गरेको छ। गाउँपालिकाको कृषि शाखासँगै जोडिएको पालिकाको भवनमा कृषि संकलन केन्द्र स्थापना गरेको हो।

कृषि संकलन केन्द्रको असोज १६ गते अगुवा कृषक हरिप्रसाद राई र सावित्रा खड्काले उदघाटन गर्नुभएको थियो। गाउँपालिकाले केही महिना अघि ५९ किसिमका कृषि उपजहरुको मूल्य निर्धारण गरेपछि संकलन केन्द्रको स्थापना गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाभित्र कृषि क्षेत्रको उत्पादनमा वृद्धि गर्न, उत्पादन भएका कृषि उपजहरुको बजार सुनिश्चित गर्न तथा समग्र कृषि क्षेत्रकै बिकास गरी कृषकहरूको आयआर्जनमा वृद्धि गर्न संकलन केन्द्रको स्थापना गरिएको गाउँपालिका अध्यक्ष समिर राईले बताउनुभयो।

कृषकहरुको कृषि उपजहरुले बजार नपाएको खण्डमा गाउँपालिकाले तोकेको मुल्यमा कृषि संकलन केन्द्रमार्फत संकलन गर्छौ। त्यसपछि उक्त कृषि उपजहरु अन्य स्थानमा सप्लाई गरिदिन्छौ। गाउँपालिका अध्यक्ष राईले भन्नुभयो,‘अब किसानको कृषि उपज बजारमा विक्री नभए पनि कुहिर जाने छैन। गाउँपालिकाले खरीद गर्छ किसानले त्यसको मुल्य पाउनुहुन्छ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार ००:००  ७ : ३७ बजे