खोटाङ,६ साउन । किराँत राई यायोक्खा खोटाङले एक नम्बर प्रदेशको नाम किराँत प्रदेश राख्न माग गर्दै जन प्रदर्शनको तयारी गरेको छ। यायोक्खाले शुक्रबार (आज) दिक्तेलबजारमा जनप्रदर्शनको तयारी गरेको हो। प्रदेश १ को नामांकन पेचिलो बन्दैगएको अवस्थामा यायोक्खाका अध्यक्ष हात्तीराम राईले बिहिबार प्रेस विज्ञप्ती जारी गर्दै प्रदेश-१ को नामाकरण किराँत गर्नुपर्ने पक्षमा जनदवाव सिर्जना गर्नका लागि…