खोटाङ। अविरल वर्षाका कारण पहिरो झरेर अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गअन्तरगत जयराम–हलेसी सडकखण्ड ११ घण्टापछि खुलाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा आज (सोमबार) बिहान करिब आठ बजे पहिरो झर्दा अवरुद्ध बनेको सडक बेलुका सात बजेबाट पुनः सञ्चालनमा ल्याइएको हो । अवरुद्ध सडक खुलेपछि दिनभर रोकिएर बीच सडकमै बसेका यातायातका साधन तथा यात्रुहरु आ–आफ्नो गन्तव्यतर्फ लागेको…