खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिका र खोटेहाङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ। चालू आर्थिक वर्ष २०८१÷०८२ मा जन्मेदेखि १५ महिनामूनिका १७४ जना बालबालिकाले हालसम्मको र १६ महिनादेखि ५९ महिनासम्मका ४५३ जना बालबालिकालाई सरकारले उपलब्ध गराउने १३ वटा नियमति खोप लगाईएको सुनिश्चित भएपछि जेठ २७ गते बराहपोखरीलाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको…