२७ माघ २०८२, सोमबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङका दश स्थानीय तहमध्ये हलेसी तुवाचुङ र ऐसेलुखर्कमा सबैभन्दा कम बेरुजु



खोटाङ, २ जेठ ।महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदनले हलेसी तुवाचुङ नगरपालिकामा सबैभन्दा कम बेरुजु देखाएको छ। हलेसीमा ०.१५ प्रतिशत अर्थात २३ लाख ६७ हजार बेरुजु देखाएको छ।

यस्तै, जिल्लाको ऐसेलुखर्क गाउँपालिकामा ०.५० प्रतिशत अर्थात ५७ लाख ३५ हजार र रावाबेशी गाउँपालिकामा ०.७३ प्रतिशत अर्थात ६५ लाख ७६ हजार बेरुजु देखाएको छ।महालेखापरीक्षकले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदनले साकेला गाउँपालिकामा सबैभन्दा बढी बेरुजु औल्याएको छ। त्यहाँ २.४३ प्रतिशत अर्थात दुई करोड ७१ लाख दुई हजार बेरुजु देखिएको छ। साकेलामा पाँच वटा वडा रहेको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १.२४ प्रतिशत अर्थात दुई करोड ८५ लाख दुई हजार, केपिलासगढी गाउँपालिकामा ०.४८ अर्थात ७९ लाख ५२ हजार र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १.०७ प्रतिशत अर्थात एक करोड २२ लाख छ हजार बेरुजु देखिएको महालेखाले जनाएको छ।

यसैगरी, बराहपोखरी गाउँपालिकामा १.८८ अर्थात एक करोड ५३ लाख ५४ हजार, जन्तेढुंगा गाउँपालिकामा १.४६ प्रतिशत अर्थात एक करोड ४२ लाख ५६ हजार र खोटेहाङ गाउँपालिकामा १.४६ प्रतिशत अर्थात एक करोड ८८ लाख ४३ हजार बेरुजु देखिएको छ।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शुक्रबार ००:००  ५ : ३२ बजे