खोटाङ । नेपाल पत्रकार महासङ्घ खोटाङले विकास निर्माण र सुशासनका पक्षमा काम गर्न जिल्ला प्रशासन कार्यालय खोटाङको ध्यानाकार्षण गराएको छ । जिल्लाको विकास निर्माणमा भइरहेको ढिलासुस्ती र सुशासनका पक्षमा प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले चासो नदिएको भन्दै नेपाल पत्रकार महासङ्घ खोटाङले आज (बुधबार) लिखितरुपमा जिल्ला प्रशासनको ध्यानाकर्षण गराएको हो । पत्रकार महासङ्घका अध्यक्ष हरिवोल आचार्यले…