२४ मंसिर २०८२, मंगलबार | Tue Dec 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरसफाई अभियान एलम्बर हाङको मूर्ति

एलम्बर पार्क परिसरमा बृहत् सरसफाइ: सामूहिक प्रयासको उदाहरण



प्रमेश ढकाल खोटाङ ।  ‘सबै मिले जे पनि हुनसक्छ’ भन्ने सकारात्मक भावनालाई व्यवहारमा उतार्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४, बुइपामा रहेको नेपालकै सबैभन्दा अग्लो एलम्बर हाङको मूर्ति परिसरमा बृहत् सरसफाइ अभियान सम्पन्न गरिएको छ।

यो सरसफाइ अभियान रण भीम गण, मुडे, प्रहरी चौकी बुइपा, वडा कार्यालय बुइपा र पञ्चर्दो बाटो बजार समिति साथै स्थानीय बासिन्दा र युवाहरूले समेत उत्साहपूर्वक सहभागिता जनाएका थिए। किरात समुदायका गौरव एलम्बर हाङको मूर्तिको संरक्षण र सौन्दर्यीकरणका लागि गरिएको यस अभियानले स्थानीय समुदाय र सुरक्षा निकायहरूबीचको बलियो समन्वय र सहकार्यलाई झल्काएको छ।


“सबै मिलेर अगाडि बढ्दा जुनसुकै सामाजिक कार्यलाई पनि सहजै सम्पन्न गर्न सकिन्छ” भन्ने सन्देश दिएका छन्। एलम्बर हाङको मूर्ति क्षेत्र धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल भएकाले यसको सरसफाइ र मर्मतसम्भारमा गरिएको सामूहिक प्रयास क्षेत्रको सौन्दर्य र आकर्षण वृद्धि गर्न निर्णायक बनेको छ।
वडा अध्यक्ष दिनेश राईका अनुसार, सामूहिक प्रयासबाट मूर्तिको वरिपरि क्षेत्रलाई सफा, हरियो र व्यवस्थित बनाइएको छ, जसले आगन्तुकहरूलाई स्वच्छ वातावरणमा भ्रमणको सुविधा पुर्‍याएको छ।यो सरसफाइ अभियानले सामुदायिक भावना, एकता र सहकार्यको शक्तिलाई उजागर गरेको छ।


स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी र बजार समितिको संयुक्त योगदानले बुइपालाई सफा, सुन्दर र पर्यटकीय रूपमा आकर्षक बनाउने दिशामा ठोस कदम चालेको वडाध्यक्ष राईले बताउनुभयो

प्रकाशित मिति : २६ कार्तिक २०८२, मंगलबार ००:००  ७ : १० बजे