२८ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ढुङ्गो फुलेपछी

श्रष्टा नेत्र खतिवडाको मुक्तक संग्रह ‘ढुंगो फुलेपछि’ लोकार्पण



खोटाङ । श्रष्टा नेत्र खतिवडाको मुक्तक संग्रह ‘ढुंगो फुलेपछि’ लोकार्पण गरिएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा जन्म भइ हाल ग्रामथान गाउँपालिका–२ झोराहाट, मोरङ निवासी खतिवडाले लेखेको मुक्तक संग्रह लोकार्पण गरिएको हो ।

कात्तिक २५ गते बिष्णुमाया पुस्तकालय, पोखरिया, विराटनगरमा आयोजित कार्यक्रममा प्राज्ञ विवस पोखरेलले मुक्तक संग्रह ‘ढुंगो फुलेपछि’ लोकार्पण गरेका हुन् । नेपाल मुक्तक प्रतिष्ठान, कोशी प्रदेश, बिराटनगरले प्रकाशन गरेको मुक्तक संग्रहमा १९२ वटा मुक्तक समावेस छन् ।

प्रतिष्ठानका अध्यक्ष बाबुराम पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा कवि बलराम पोखरेल, कविराज न्यौपाने, सरला चापागाई, भुषण ढुंगेल, उमेश लुईटेल, सुरेन्द्रकुमार साह, प्रयाग न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
‘ढुंगो फुलेपछि’ श्रष्टा खतिवडाको पहिलो कृति हो ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, मंगलबार ००:००  ९ : ०६ बजे