खोटाङ, २५ वैशाख । योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपाल खोटाङको अध्यक्षमा भूपेन्द्र किराती चयन हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन वाईसिल नेपाल खोटाङको आज (बुधबार) राति सम्पन्न प्रथम जिल्ला सम्मेलनले किरातीलाई सर्वसम्मत जिल्ला अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा चेवन बुधाथोकी, जीवनज्योति राई र मिनाकुमारी घिमिेरे (बुधाथोकी), सचिवमा सुजेन राई,…