११ माघ २०८२, शनिबार | Sun Jan 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रेशम लिन सीके राउतसहितका नेता पुगे डिल्लीबजार



काठमाडौं, १७ वैशाख। नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई छुटाउन जनमत पार्टीका अध्यक्ष सीके राउतसहितका नेताहरू डिल्लीबजार पुगेका छन् ।

सर्वोच्च अदालतको अनधिकृत पत्रका आधारमा प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका उनलाई लगत्तै डिल्लीबजार कारागार लगिएको थियो ।

तर, उक्त पत्र अनधिकृत भएको पाइएसँगै सर्वोच्चले अर्को पत्र लेख्दै छाड्न भनेको थियो ।

सोही अनुसार उनलाई अहिले रिहा गर्न लागिएको हो । उक्त विषयमा सर्वोच्च प्रशासनले आन्तरिक छानबिन गरिरहेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार ००:००  ५ : १७ बजे