८ माघ २०८२, बुधबार | Wed Jan 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुङ्देलमा विभिन्न पार्टी परीत्याग गरी १३ जना एमालेमा प्रवेश



खोटाङ,१३ बैशाख । केपिलासगढी गाउँपालिका–७ सुङ्देलस्थित सुङदेलटारमा विभिन्न पार्टी परीत्याग गरि एकै दिन १३ जना एमालेमा प्रवेश गरेका छन् । शनिबार नेकपा एमाले वडा कमिटिले आयोजना गरेको जनतासँग मन्त्री भेटघाट कार्यक्रममा नेकपा माओवादी केन्द्रका ६ जना जनता समाजवादी पार्टीका ४ र नेपाली कांग्रेसका ३ जना गरि १३ जना वडा कमिटी सदस्यहरु एमालेमा प्रवेश गरेको नेकपा एमाले वडा कमिटीका अध्यक्ष योमन राईले जानकारी दिनुभयो ।

नवप्रवेशिहरुलाई कोशी प्रदेशका सामाजिक विकासमन्त्री एवम् संविधानसभा सदस्य पाँचकर्ण राई (पीके) र नेकपा एमाले जिल्ला कमिटी खोटाङका सचिव सुरेन्द्रकुमार राईलगायतले पार्टीमा स्वागत गर्नुभएको थियो । नवप्रवेशिहरुलाई योग्यता र क्षमताको आधारमा पार्टीले जिम्मेवारी दिने जिल्ला कमिटी सचिव राईले जानकारीदिनुभयो ।

जनतासँग मन्त्री भेटघाट कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम् निवर्तमान केपिलासगढी गाउँपालिका उपाध्यक्ष हिरा बन गिरी, मैयाँ सुनुवार, जीवन गिरी खगेन्द्र राई, पालिका कमिटी अध्यक्ष सन्तोस राई, उपाध्यक्ष नारायण राईलगायतले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार ००:००  १० : ०१ बजे