खोटाङ, ८ कातिक । खोटाङमा दिशाबस्न गएका एक पुरुषको भीरबाट लडेर मृत्यु भएको छ । धरान नगरपालिका-१५ भै हाल हङ्कङ बसोबास गर्दै आएका ५३ वर्षीय किशन राईको मृत्यु भएको हो । आइतबार साँझ साढेँ पाँच बजेको समयमा भोजपुर जानेक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोर्पास्थित पंखु खोलामा गाडीबाट ओर्ली दिशाबस्न जानेक्रममा सडकबाट दुई सय मिटर तल…