खोटाङ । दिक्तेलमा सम्पन्न राष्ट्रिय कराँते प्रतियोगिता–२०८१ को उपाधि आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङले चुमेको छ । ‘प्रथम बृहत खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तरगत बिहीबार सम्पन्न राष्ट्रिय कराँते प्रतियोगितामा आयोजक खेलकुद प्रतिष्ठानले आठ स्वर्ण, चार रजत र दुई कास्य पदकसहित रु एक लाख ११ हजार १११ राशीको उपाधि चुमेको हो । …