६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिना दिनमा पनि बनेन राष्ट्रिय वाणिज्य बैङ्क दिक्तेल शाखाको एटीएम



खोटाङ । राष्ट्रिय वाणिज्य बैङ्क  दिक्तेल शाखाको एटीएम  मेसिन  बिग्रदा सेवाग्राही मर्कामा परेका छन् । महिना दिन अघिबाट बिग्रिएको एटीएम मेसिन पटक–पटक मर्मत गर्दा नबनेपछि सेवाग्राहीले सेवालिनबाट बिञ्चित भएका हुन ।

एटीएमबाट रकम झिक्न आएका ग्राहक मेसिन नै सञ्चालनमा नआएपछी अन्य बैङ्कको एटीएम मेसिन प्रयोग गर्न बाध्य छन् । एटीएम कार्डमार्फत अन्य बैङ्कमा रकम निकाल्दा प्रतिपटक १५ रुपैयाँदेखि २० रुपैयाँसम्म सेवा शुल्क लाग्ने गरेको छ ।

महिना दिनअघिबाट बिग्रिएको एटीएम मेसिन छ पटक इन्जिनियर बोलाएर बनाउँन लगाउँदा पनि बन्न नसेको राष्ट्रिय वाणिज्य बैङ्क दिक्तेल शाखा प्रवन्धक रामकुमार आचार्यले बताउनुभयो । एटीएम मेसिन मर्मत गर्नका लागि आज इन्जिनियरहरुको टोलि आइसकेको छ ।प्रवन्धक आचार्यले भन्नुभयो, “उहाँहरुले एटीएम मेसिन शनिबार बन्छ भन्नुभएको छ । चाडपर्व पनि नजिकै आईसक्यो । ‘यदि भोली पनि एटीएम नबनेमा मुडेस्थित आर्मी व्यारेकमा राखिएको  एटीएम मेसिन दिक्तेलमा ल्याएर राख्छौ ।’ त्यसो गर्दा ग्राहकलाई दुख हुँदैन । अन्यत्र जानू पर्दैन ।”

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार ००:००  ९ : ३७ बजे