८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल खेलकुद महासंघ सुनसरी : जिल्ला संयोजकमा पौडेल



खोटाङ । नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीको छैटौं विस्तारित बैठकले नेपाल खेलकुद महासंघ सुनसरीमा बिकल पौडेललाई सुनसरी जिल्ला संयोजक चयन गरेको छ।

नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्सुराम बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कोशी प्रदेश कमिटीको बैठकले तिन महिना भित्र जिल्ला अधिवेशन सक्ने गरी संयोजकमा इटहरीका बिकल पौडेल र दुहबिका रमेश बाबु थापालाई सह-संयोजकको जिम्मेवारी दिइएको हो ।

युवा माझ निडर, प्रष्ट र अनुसासित छवि बनाएका पौडेलले अब लामो समयसम्म सुस्त रहेको सुनसरीको खेलकुदलाई चुस्त दुरुस्त बनाइ अधिवेशनमार्फत चाडै नेतृत्व हस्तान्तरण गर्ने बताउनुभयो ।

सुनसरीका सम्पुर्ण खेलाडी, युवा र नेताहरुबाट आफुलाई सहयोग प्राप्त हुने बिस्वास लिएको छु । पौडेलले भन्नुभयो ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार ००:००  २ : ५८ बजे