६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुधजन्य परिकार बनाउने तालिमको आयोजना गर्दै हलेसी तुवाचुङ नगरपालिका



खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले दुधजन्य परिकार बनाउने तालिमको आव्हान गरेको छ । हलेसी तुवाचुङ नगरपालिका र जिआइजेड (GIZ) को साझेदारीमा नगरपालिकाभित्र विभिन्न दुधजन्य क्रीयाकलाप गर्दै आइरहेका कृषक तथा इच्छुक व्याक्तिलाई दुधजन्य परिकार बनाइ व्यावसायिक एवम् आत्मनिर्भर बनाउनका लागि तालिमको आयोजना गर्न लागिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख बिमला राईले बताउनुभयो ।

नगरपालिकाले  दूध उत्पादन गर्ने  कार्यमा संलग्न रहेका र डेरी संचालन गरिरहेको व्यावसायीक उद्यमी र दुधजन्य परिकार बनाउने व्यावसायिलाई प्राथमिकता दिइने बताइएको छ । नगरपालिको वडा-४ वडहरे, वडा-५ दुर्छिम, वडा-७ महादेवस्थान र वडा-१० अर्खौलेका कृषकलाई भने  प्राथमिकता  दिइएको छ ।

यसअघि नगरपालिकाले किसानलाई दुधमा आत्मनिर्भर बनाउँदै दुधबाट आम्दानी भित्र्याउने लक्ष्यले ४४ जना किसानलाई माउ भैसी वितरण गरेको थियो । हलेसी गैरी गुठ, डाँडागुठ, बडहरे मंगलटार, सल्ले, कदुवा र बाहुनिडाँडामा दैनिक ५ सय लिटर दूध उत्पादन हुने गरेको प्रमुख राईले बताउनुभयो ।

प्रमुख राईका अनुसार यो वर्ष १ हजार लिटर भन्दा बढी दूध उत्पादन हुने अनुमान गरिएको छ । 

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार ००:००  ९ : ३२ बजे