२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिन्दु धर्मावलम्बीहरुको आस्थामाथी गहिरो चोट पुग्यो : राप्रपा खोटाङ



खोटाङ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङले हिन्दु धर्मावलम्बीहरुको आस्थामाथी गहिरो चोट पुगेको बताएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकास शाहमार्फत प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण पत्र बुझाउदै राप्रपा खोटाङले यस्तो बताएको हो ।

विगत केही दिन आगाडी धरानमा गौ–बध गरि मासु खाएको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक गर्ने र त्यसो गर्न पाउनु पर्छ भन्दै खुलेआम चुनौती दिने पक्षलाई सरकारले कारबाही गर्न देखाएको उदासिनता उपर राष्ट्रिय प्रजातन्त्र पार्टीको ध्यानाकर्षण भएको छ । बहुसंख्यक हिन्दु रहेको देशमा सनातन सस्कार मान्दै आएका सनातनी ओमकार परिवारलाई खुला चुनौती दिने, हिन्दुले बनाएको मन्दिरसँगै चर्च बनाउने र त्यस्ले सिर्जना गर्न सक्ने सामाजिक द्वन्दप्रती सरकार पक्ष र सरकारले निकायले देखाएको निस्क्रीयताले समग्र हिन्दु धर्मावलम्बीहरुको आस्थामाथी गहिरो चोट पुगेको ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापन पत्रमा भनिएको छ । नेपालको संविधान, मुलुकी अपराध संहिता, २०७४ को दफा १५६ तथा २८९ विरुद्ध भएका यस्ता गतिविधि उपर रोक लगाई सम्बन्धित पक्षलाई कानुनी कारवाहीको दायरामा ल्याउनु पर्नेमा संविधानको धारा २६ को उपधारा (३) ले दिएको अधिकार अनुरुप शान्तिपुर्णरुपले विना हतियार भेला हुन पाउने अधिकार बमोजिम सनातन परिवारले गर्न लागेको विशाल जनसभामा लगाएको निषेधाज्ञाले हिन्दु धर्मावलम्बीहरुप्रती सरकारको रवैया थप प्रष्ट भएको राप्रपा खोटाङको ठहर छ ।

यस्तै, संविधान र प्रचलित कानुनको वर्खिलाप काम गर्नेहरूविरुद्ध कडा कानुनी कारवाही गरि सनातन सस्कृती मान्दै आएका ओमकार परिवारहरुको आस्थाको सम्मान गर्न र समाजमा मेलमिलाप र शान्तिको वातावरण कायम गर्न समेत ज्ञापनपत्रमा भनेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार ००:००  २ : १५ बजे