६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्माण व्यवसायी संघ खोटाङको छैटौं जिल्ला अधिवेशन आगामी माघ पहिलो सातामा



खोटाङ । नेपाल निर्माण व्यवसायी संघ खोटाङको अधिवेशन आगामी माघ पहिलो हप्ता गर्ने निर्णय भएको छ।

आइतबार जिल्ला समन्वय समितिको हलमा सम्पन्न १० औं साधारणसभाले छैटौं जिल्ला अधिवेशन आउने माघ ५ र ६ गते दिक्तेलमा गर्ने निर्णय गरेको हो।
छैटौं जिल्ला अधिवेशन ऐतिहासिक, सभ्य भव्य बनाउन निर्माण व्यवसायी संघ खोटाङका अध्यक्ष रमेश पौडेल (दिनेश) को संयोजकत्वमा नौ सदस्यीय (मुल आयोजक)अधिवेशन व्यवस्थापन समिति गठन गरिएको छ।
मूल आयोजक अधिवेशन व्यवस्थापन समिति सदस्यहरुमा कृष्ण प्रसाद घिमिरे, सुविन राई, प्रकाश थापा, दिलचक्र राई, युवराज रिजाल, कविकुमार राई, यादवसेन राई र भिषण राई छन्।
कविकुमार राईको संयोजकत्वमा पाँच सदस्यीय अधिवेशन प्रतिनिधि व्यवस्थापन समिति गठन गरिएको छ। सदस्यहरुमा भिम राई, विज्ञान राई, शसिकुमार राई, विराज अचार्य छन्।
प्रचारप्रसार समितिमा यादवसेन राईको संयोजकत्वमा नरेन्द्र ढकाल र प्रविन आचार्य तथा आर्थिक व्यवस्थापन संयोजकमा भिषण राईको नेतृत्वमा प्रकाश थापा, दिवासन राई र जोसेफ रिजाल छन्।

साधारण सभाले आगामी अधिवेशनसम्म पौडेल कायम रहेको समितिलाई नै आधिकारीक कार्य समितिको मान्यता दिने, निर्माण व्यवसायी संघमा आवद्ध सम्पूर्ण निर्माण कम्पनीहरुलाई यथासिघ्र सम्बन्धित निकायमा नविकरण गर्न सूचित गर्ने र संघमा नविकरण गर्न एक हजार १०० शुल्क निर्धारण गर्ने निर्णय गरेको छ।

साधारण सभामा संघका अध्यक्ष पौडेलले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष शरद राई र सह–कोषाध्यक्ष विराज आचार्यले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई साधारण सभाले अनुमोदन गरेको छ।

निर्माण व्यवसायी संघलाई जिल्ला प्रशासन कार्यालयमा असोज मसान्तभित्र नविकरण गरिसक्ने जिम्मेवारी पनि अध्यक्ष पौडेललाई दिएको छ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार ००:००  ८ : १९ बजे