६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्न आयोगले दियो दुई दिनको समय



काठमान्डौँ । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगले दुई दिनको समय दिएको छ।

आयोगले एक सूचना जारी गर्दै असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने समय तोकेको हो। बन्दसूची पेस गर्दा सम्बन्धित कानुनी व्यवस्थाबमोजिमको संख्यामा समानुपातिक समावेशी सिद्धान्तबमोजिम प्रतिनिधित्व गराउन आयोगले सचेत गराएको छ।

४ देखि ९ गतेसम्म उक्त बन्दसूचीमाथि छानबिन गरी आयोगले आवश्यक परे सच्याउन दलहरूलाई सूचित गर्नेछ। सोबमोजिम बन्दसूची संशोधन गरी पेस गर्न १० देखि १६ गतेसम्मको अवधि निर्धारण गरिएको आयोगले जनाएको छ।
यो समाचार नयाँ पत्रिका डेल्लि डटकममा प्रकाशित छ ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार ००:००  १२ : १८ बजे