खोटाङ, ८ पुस । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेकास्थित सरस्वती माध्यमिक विद्यालयमा सुविधायुक्त पक्की भवनमा अध्ययन/अध्यापन शुरु भएको छ । विगत लामो समयदेखि पुरानो तथा ढुङ्गा/माटोले बनेको विद्यालय भवनको धुलाम्मे कक्षा कोठामा अध्ययन गर्दै आएका विद्यार्थी अहिले सुविधायुक्त पक्की भवनमा बसेर अध्ययन गर्न पाएपछि हर्षित भएका छन् । २०१७ सालदेखि सञ्चालित विद्यालयमा भूकम्प प्राधिकरण…