खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले सञ्चालन गरेको एम्बुलेन्सले ‘नगर अस्पताल व्यवस्थापन तथा सञ्चालन समिति’ले निर्धारण गरे अनुसार शुल्क(भाडा)लिएको नगरपालिकाले जनाएको छ । गत १२ असारमा लडेर गम्भीर घाइते भएकी एकजना महिला बिरामी नगर अस्पताल दुर्छिम–बाहुनीडाँडा–सिमालचौर हुँदै काठमाण्डौ पुगेको भाडा २१ हजार १०० लिएको भन्दै आईतबार सामाजिक सञ्जालमा रसिदसहित एम्बुलेन्सको भाडा महंगो भएको भन्दै विरोध भएको…