२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केपिलासगढी गाउँपालिकाको बजेट ४९ करोड ५८ लाख ७७ हजार



खोटाङ । केपिलासगढी गाउँपालिकाको १३ औँ गाउँसभामा उपप्रमुख गुरुराज राईले प्रस्तुत गर्नुभएको  ४९ करोड ५८ लाख ७७ हजार ५७६ बराबरको बजेट पारित भएको छ ।

गाउँपालिकाले सङ्घीय सरकारबाट प्राप्त कुल अनुदान ४३ करोड १९ लाख १८ हजार १०० मध्ये, वित्तीय समानीकरणतर्फ  सात करोड ७३ लाख, राजश्व बाँडफाँडतर्फ सात करोड ८५ लाख ९९ हजार १००, सशर्त अनुदानतर्फ  १८ करोड ७५ लाख, समपूरक अनुदानतर्फ ८० लाख, विशेष अनुदानतर्फ एक करोड १५ लाख बजेट ल्याएको छ । यस्तै, सामाजिक सुरक्षाभत्ताका लागि  छ करोड ९० लाख १९ हजार बजेट विनियोजन गरिएको गाउँपालिका प्रमुख समिर राईले जानकारी दिनुभयो ।

प्रदेश सरकारबाट प्राप्त कुल अनुदान दुई करोड ९२ लाख ४३ हजार, वित्तीय समानीकरणमध्ये  ४५ लाख ७४ हजार, सशर्त अनुदानतर्फ एक करोड ९६ लाख तीन हजार, समपूरक अनुदानतर्फ एक करोड, सवारी कर बाँडफाँडतर्फ ३७ लाख छ हजार विनियोजन गरिएको जनाइएको छ । यस्तै, जि.फाउन्डेसन र सिर्जनशील भरिया समाजबाट यस पालिकामा सञ्चालन हुने विभिन्न कार्यक्रमका लागि  दुई करोड ९७ लाख १६ हजार ४७६ बजेट बाँडफाँड गरिएको हो ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार ००:००  ७ : ३१ बजे