खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेस्थित बास्बोटे टोलसुधार समितिको अध्यक्षमा गीता कट्टेल आचार्य चयन भएकी छन् । बिहिवार सुर्योदय युवा क्लवमा सम्पन्न भएको टोल भेलाले आचार्यको अध्यक्षतामा ११ सदस्सीय टोलसुधार समिति गठन गरिएको वडाध्यक्ष खगेन्द्र राईले जानकारी दिनुभयो । भेलाले समितिको उपाध्यक्षमा डम्बरप्रसाद पौडेल, सचिवमा मेलिसा श्रेष्ठ , कोषाध्यक्षमा इच्छबहादुर श्रेष्ठलाई चयन गरिएको हो ।…