खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेस्थित बास्बोटे टोलसुधार समितिको अध्यक्षमा गीता कट्टेल आचार्य चयन भएकी छन् । बिहिवार सुर्योदय युवा क्लवमा सम्पन्न भएको टोल भेलाले आचार्यको अध्यक्षतामा ११ सदस्सीय टोलसुधार समिति गठन गरिएको वडाध्यक्ष खगेन्द्र राईले जानकारी दिनुभयो ।
भेलाले समितिको उपाध्यक्षमा डम्बरप्रसाद पौडेल, सचिवमा मेलिसा श्रेष्ठ , कोषाध्यक्षमा इच्छबहादुर श्रेष्ठलाई चयन गरिएको हो । समितिको सदस्यहरुमा प्रेमबहादुर श्रेष्ठ, मतिराज श्रेष्ठ, पुणर्बहादुर श्रेष्ठ,एकराज श्रेष्ठ,सोमप्रसाद घिमिरे र कान्ता पोख्रेल ढुंगाना चयन भएका हुन् ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्ले साबिकको वडा-१ बुकिफुल डाँडा टोल बिकास समिति नगर उपप्रमुख विसन राईको उपस्थितिमा समिती गठन गरिएको छ । समितिको अध्यक्षमा रबिसागर राई चयन हुनुभएको छ ।
समितिको उपाध्यक्षमा लोकबहादुर कार्कि, सचिव पुष्पा राई सह-सचिव सन्देश राई, कोषाध्यक्ष सावित्रा राईलाई चयन गरिएको वडाध्यक्ष राईले बताउनुभयो ।
समितिको सदस्यहरुमा पेसल राई,सईन्द्रकुमार राई,सुरेस बस्नेत,देवेन्द्र राई, सीता मतेलाई चयन गरिएको बताइएको छ ।सो कार्यक्रममा वडा सदस्य सिताराम घिमिरे, भुपराज श्रेष्ठ विभिन्न राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहेको थियो ।