खोटाङ । हलेसी तुवाचुङ नगरपालिकामा माध्यमिक विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । शैक्षिक सुधारसँगै खेल क्षेत्रलाई पनि विद्यालयस्तरबाटै विकास गर्ने सरकारको नीति तथा कार्यक्रमअनुसार नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरेको हो । नगरपालिकाभरिका १२ सामुदायिक र एक संस्थागत विद्यालयको सहभागिता रहेको प्रतियोगितामा ३० स्वर्ण, ३० रजत र ३० कास्य पदकका…