खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका धर्मराज पोखरेलले वि.सं. २०७८ सालमा ‘विजय अर्गानिक भिजेल कम्पनी प्रा.लि.’मार्फत आफ्नै गाउँमा कृषि फार्म शुरु गर्नुभएको थियो । बुढानिलकण्ठ नगरपालिका–८ काठमाडौँमा परिवारसहित बसोबास गर्दै आउनुभएका पोखरेलले आफ्नो जन्मथलो विजयखर्कका फरक–फरक १३ ठाउँ तथा बुइपा र राजापानीमासमेत बङ्गुर, बाख्रा, गाई÷भैँसी, कुखुरा, माछा, फलफूल र तरकारी खेती लगाउनुभएको छ ।…