खोटाङ। यही चैत–२ गते राति असिनापानीसँगै चलेको हावाहुरीले खोटाङका विभिन्न स्थानमा बसोवास गर्दै आएका स्थानीयको घर, विद्यालय भवन, स्वास्थ्यचौकी र प्रहरी चौकी लगायतको छाना उडाउँदा लाखौँको क्षति भएको छ । राति करिब ८ः०० बजेबाट सुरु भएको असिनापानीसहितको हावाहुरीले विभिन्न स्थानीय तहमा बसोवास गर्दै आएका व्यक्तिको ६८ वटा घरको जस्तापाता तथा फुसको छाना उडाउँदा लाखौँको क्षति…