खोटाङ । झरी, बादल, वर्षा, सार्वजनिक विदा समेत नभनी यतिबेला साकेला गाउँपालिका खोटाङका अध्यक्ष रवि प्रकाश राई निरन्तर जनश्रमदान अभियानको नेतृत्व गरिरहनुभएको छ । वर्षाले बिगारेको सडकका कारण आफ्ना नागरिकलाई सास्ती नहोस भन्ने हेतुले केही कर्मचारीको साथमा कहिले मुख्य, कहिले शाखा सडक सकार्ने काममा निरन्तर भेटिनुहुन्छ । यति मात्र हैन,पालिकाभित्रका सडकको सौन्दर्य कायम राख्नका लागि…