समितिले सरकारलाई भन्यो, ‘सम्भव सबै उपाय अपनाएर राहत र पुनर्स्थापनाको काम गरियोस्’ संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सम्भव सबै उपाय प्रयोग गरेर राहत र पुनर्स्थापनाको काम गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकले बाढीपहिरोका कारण अलपत्र परेका यात्रुलाई तत्काल उद्धार गर्न पनि निर्देशन दिएको छ। बैठकपछि जारी समितिका सभापति रामहरि खतिवडाद्वारा…