६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिक्तेल रुपाकोट मझुवागढीले थाल्यो ‘लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान’



खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा डेंगु रोकथाम तथा नियन्त्रणका लागि ‘लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान’ सुरु गरिएको छ । जिल्लामा डेंगुका बिरामी बढ्न थालेपछि रोकथामका लागि लार्भा खोजेर नष्ट गर्ने अभियान चलाइएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी, जिल्ला प्रहरी कार्यालय र शसस्त्र प्रहरी बलको संयुक्त आयोजनामा शुक्रबार लार्भा नष्ट गर्ने जनचेतनामुलक अभियान सञ्चालन गरिएको हो । शुक्रबार जिल्ला सदरमुकाम दिक्तेल बजारमा लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरुको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान चलाइएको छ ।

पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न नदिन र निरन्तर सरसफाइको लागि स्वास्थ्यकर्मीहरुको उपस्थितिमा जनचेतना दिइएको छ । हाल जिल्लमा ५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । त्यसैले यसलाई बढ्न नदिन सुरुमै रोकथाम गर्न जनचेतना अभियान चलाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका जनस्वास्थ्य निरिक्षक खेमचाज आचार्यले बताउनुभयो । लामखुट्टे धेरै देखिएको ठाउँमा विषादी छर्केर मार्ने काम पनि भइरहेको उहाँको भनाइ छ ।

डेंगु भाइरसद्वारा संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी अर्था बजार क्षेत्रमा बढी पाइने गर्छ । यो लामखुट्टेले सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ । विशेषगरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्छ । त्यसैले यस्ता ठाउँहरुमा पानी जम्न दिनु हुन्न ।

एडिज नामक लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्दछ । दिउँसै टोक्ने लामुखट्टेले डेंगी सार्ने भएकाले घरसँगै विद्यालय, कार्यालय र सार्वजनिक स्थलमा पनि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने चिकित्सकहरूको भनाइ छ ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार ००:००  ३ : ४७ बजे