६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तलवी प्रतिबेदन पास नगरी स्थायी शिक्षकलाई तलव खुवाएको भन्दै हलेसी तुवाचुङ नगरपालिकालाई कारबाही गर्न मन्त्रालयमा सिफारिस



खोटाङ। राष्ट्रिय किताबखाना (शिक्षक)ले स्थायी शिक्षकलाई तलवी प्रतिबेदन पास नगरी तलव खुवाएको भन्दै खोटाङको एक स्थानीय तहलाई कारबाही सिफारिस गरेको छ । तलबी प्रतिवेदन पास नगरी स्थायी शिक्षकलाई तलब खुवाएकामा राष्ट्रिय किताबखानाले जिल्लाका १० स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिकालाई प्रचलित कानून बमोजिम कारबाही गर्न सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय समक्ष सिफारिस गरेको हो ।


शैक्षिक सत्र २०७९ मा तलबी प्रतिवेदन पास नगरी तलब खुवाउने १६९ वटा पालिकामध्ये हलेसी तुवाचुङ नगरपालिका पनि परेको हो । शिक्षा नियमावली २०५९ (संसोधन सहित) को नियम १२६ उपनियम २ मा किताबखानाको काम कर्तव्य र अधिकार अन्तरगत शिक्षकहरुको वार्षिक तलवी विवरण पारित गर्ने गराउने उल्लेख गरिएको छ ।

सोही बमोजिम प्रत्येक पालिकाहरुले सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकहरुको तलवी प्रतिवेदन राष्ट्रिय किताबखानाबाट पारित गरी तलव भत्ता भुक्तानी गर्नुपर्ने उल्लेख छ ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार ००:००  ९ : ०७ बजे