२५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा चारजनाको हत्या



खोटाङ । काठमान्डौंको तीनकुनेस्थित गैह्रीगाउँमा चारजनाको हत्या भएको छ । धारिलो हतियार प्रहार गरी हत्या भएको दुई पुरुष र दुई महिलाको शव भेटिएको हो।

गैह्रीगाउँ स्थित दिव्य सः मिल भित्र शुक्रबार राति ११:५५ बजे चारजनाको शव भेटिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए। ‘धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको छ’, उनले भने। उनका अनुसार मृतकको पहिचान खुलेको छैन।

मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ।

थाहा खबर

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार ००:००  ६ : ३९ बजे