६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साकेला सिली प्रवद्र्धन गर्न ढोल र झ्याम्टा वितरण



खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान वडा कार्यालयले साकेला सिली प्रवद्र्धन गर्ने उद्देश्यले ढोल र झ्याम्टा वितरण गरेको छ ।

वडा कार्यालयको चालू आर्थिक वर्ष २०७९/२०८० मा विनियोजित ‘साकेला सिली प्रोत्साहन’ कार्यक्रम अन्तर्गतको दुई लाख बजेटबाट साविक नौ वडामा रहेका नौ वटा साकेला सिली समुहलाई बिहीबार वडा कार्यालयमा कार्यक्रम गरी ढोल र झ्याम्टा वितरण गरिएको हो ।

‘साकेला सिली प्रोत्साहन’ कार्यक्रमलाई विनियोजन गरिएको वजेट खर्चका विषयमा किराती समुदायसँग बसेर छलफल गर्दा हाललाई प्रति समूह एकवटा ढोल र एक जोर झ्याम्टा बाड्ने निणर्य भएकाले त्यही अनुसार वितरण गरिएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताए ।

संस्कार, संस्कृती जगेर्नाका निम्ति महादेवस्थान वडाले गरेको कामको सामाजिक सञ्जालमा चौतर्फी प्रशंसा हुन थालेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार ००:००  ९ : ३७ बजे