६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मकवानपुरमा तीन चिनियाँ नागरिकको मृत्यु



मकवानपुर, २० बैशाख । जिल्लाको बकैया गाउँपालिकामा सोमबार लोडर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । निजगढ-काठमाडौँ द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत बकैया -११ घट्टेपाखा र लेनडाँडा नजिकै लोडर दुर्घटना हुँदा तीन चिनियाँ नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै र एक जनाको हेटौँडा अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । मृतक तीनै जनाको सनाखत हुनसकेको छैन् । उहाँले भन्नुभयो, “ उनीहरूको शव परीक्षणका लागि हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ ।”

यस्तै, दुर्घटनामा परेर गम्भीर घाइते भएका अन्य तीन जनालाई हेटौँडा अस्पतालमा उपचारपश्चात थप उपचारका लागि चितवनको मेडिकल कलेजमा पठाइएको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । फास्टट्रयाकमा काम गरिरहेको लोडर एक्कासी सिमातखोलामा खसेको प्रत्यक्ष दर्शीले बताएका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार ००:००  १० : २२ बजे