८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेलिकोप्टर दुर्घटना

मृत्यु संस्कारका लागि खोटाङ आउने यात्रु बोकेको हेलिकप्टर बालाबेँसीमा दुर्घटना



खोटाङ । काठमाडौंबाट मृत्यु संस्कारका लागि खोटाङ आउने यात्रु लिएर आएको हेलिकोप्टर दुर्घटनामा परेको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेँसीस्थित डाकमणि राईको घरमा आएको हेलिकोप्टर बुधबार मध्यान्ह दुर्घटनामा परेको हो ।

काठमाडौँबाट पाँच जना यात्रु लिएर आएको ‘नाइन एन–एएफक्यु’ हेलिकप्टर अवतरण गर्नेक्रममा दुर्घटनामा परेको खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिनुभएको छ । हेलिकप्टर दुर्घटनामा मानवीय क्षति नभएको स्थानीयले बताएका छन् ।

चालकसहित छ जना सवार हेलिकप्टर बारीको डिलमा अवतरण गरेपछि उठाएर बारीको बीचमा लैजान खोज्दा दुर्घटना भएको केपिलासगढी गाउँपालिका प्रमुख समीर राईले जानकारी दिनुभएको छ । बालाबेँसीमा भएको हेलिकप्टर दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको बारेमा अनुसन्धान गर्न प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभएको छ ।

दुर्घटनास्थलमा घाइते भएकाहरुको उद्धारका लागि अर्को हेलिकप्टर पनि आइपुगेको स्थानीयले बताएका छन् । स्थानीय डाकमणि राईको श्रीमती ब्लास्टेम्मा भनिने मनलक्षी राईको शव एम्बुलेन्समा पठाएर आफन्तहरु हेलिकप्टरमा आएका थिए । बेलायतमा करिब महिना दिनअघि दुर्घटनामा परेर ज्यान गुमाउनुभएकी मनलक्षीको शव बेलायतबाट नेपाल फर्काएपछि दाहसंस्कारका लागि बुधबार बालाबेँसी ल्याउन लागिएको हो ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार ००:००  ३ : १७ बजे