खोटाङ, ३१ असोज । खोटाङमा बाला झुलेर पाक्न लागेको धानमा शनिबार बेलुकादेखी आएको वर्षा र हावाहुरीका कारण क्षति पुगेको छ । जिल्लाका अधिकांश क्षेत्रमा धानबाली लगायत विभिन्न नगदेबाली तथा परम्परागत बालीहरुमा क्षती पुगेको हो । पछिल्लो समय पहाडमा हावाहुरी र वर्षाका कारणले परम्परागत कृषि तथा नगदेबालीहरुमा क्षती हुदै आएको छ । जिल्लाका सबैजसो किसान दशैंमा…