खोटाङ । जिल्लाको साकेला गाउँपालिकाले शारीरिक रुपमा अशक्त भई बैङ्कसम्म पुगेर सामाजिक सुरक्षाभत्ता बुझ्न नसक्ने अवस्थाका लाभग्राहीको सहजताका लागि घरदैलो अभियान सञ्चालन गरेको छ । गाउँपालिकाभित्र रहेका ९० वर्षभन्दा माथिका जेष्ठ नागरिक तथा (क) वर्गको अपाङ्गता भएका लाभग्राहीलाई उनीहरुकै घरदैलोमा पुगेर सेवा उपलब्ध गराउन सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा र नेपाल एसबिआई बैङ्कको संयुक्त आयोजनामा…